प्यूठान । प्यूठान जिल्ला अदालतमा सवैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्धा परेको छ । चालु आर्थिक वर्षमा ७०४ वटा मुद्धा मध्ये ३४३ वटा सम्बन्ध विच्छेदका मुद्धा रहेको अदालतका श्रेस्तेदातार गणेश कुमार गौमतले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षमा १८० वटा अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएको र ५२४ वटा नयाँ मुद्धा गरि ७०४ वटा मुद्धा दता भएको श्रेस्तेदार गौतमले जानकारी दिनुभयो । उहाँले ती मध्ये ५ सय वटा मुद्धा फस्र्यौट भएको बताउनुभयो ।
सवैभन्दा बढी प्यूठान नगरपालिकाको र सवैभन्दा कम मल्लरानी गाउँपालिकाको मुद्धा अदालतमा परेको छ । कार्यालयले आज पत्रकारसँग भेटघाट गरेर वार्षिक प्रगतिबारे जानकारी गराएको हो । कार्यालयले यस वर्ष कार्यसम्पादनका आधारमा उत्कृष्ट २ जना कर्मचारीलाई पुरस्कृत गरेको छ । नायव सुब्बा श्यामलाल चौधरी र कम्प्युटर अपरेटर यसोदा बोहोरालाई जनही ५ हजार रुपियाँ सहित सम्मान गरिएको श्रेस्तेदार गौतमले बताउनुभयो ।
कानुनी सचेतना आवश्यक छ : न्यायधीश खनाल
कार्यक्रममा जिल्ला न्यायधिश पुनाराम खनालले समुदाय स्तरमा कानुनी सचेतना आवश्यक रहेको औल्याउनुभयो । धेरै व्यक्तिहरुलाई कानुनी जानकारी नहुँदा समस्या हुने गरेको भन्दै कानुनी जानकारी गराउन सवै सरोकारवाला निकायले भूमिका खेल्नुपर्ने बताउनुभयो ।




S.K. Creative Media Group