प्यूठान । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य सूर्य थापाले प्यूठान जिल्ला इन्चार्जको जिम्मेवारी पाउनुभएको छ । पार्टी सचिवालयको विहीबार बसेको बैठकले नेता थापलाई प्यूठान जिल्लाको इन्चार्ज बनाएको हो ।
यसअघि नेता थापालाई गुल्मी जिल्ला इन्चार्ज तोकिएको थियो । थापा अहिले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको सभापति समेत रहनुभएको छ । प्यूठानबाट प्रतिनिधिसभा सदस्य समेत रहनुभएका थापा आफ्नै जिल्लाको इन्चार्ज भएपछि पार्टीको गतिविधिहरुलाई अगाडी बढाउन सहज हुने नेता कार्यकर्ताले बताएका छन् ।
फरक भुगोलको जिम्मेवारी दिँदा अमिल्दो भएको भन्दै उक्त जिम्मेवारी हेरफेर गरिएको पार्टी केन्द्रले जनाएको छ । देशका अन्य जिल्लामा पनि जिल्ला इन्चार्ज हेरफेर गरिएको छ ।



S.K. Creative Media Group