प्यूठान । प्यूठानमा एकै घरका तीन जनामा हैजाको जिवाणु भेटिएको छ । गौमुखी गाउँपालिकाका तीन जना बिरामीमा हैजाको जीवाणु भेटिएको जिल्ला अस्पताल प्यूठानका डाक्टर प्रमिला खनालले जानकारी दिनुभयो ।
“५ जना बिरामी मध्ये ३ जनामा हैजाको जीवाणु भेटीएको छ,” खनालले भन्नुभयो, “थप परिक्षण गर्न बुटवल पठाइएको छ । त्यसको रिपोर्ट पछि पुष्टी गर्न मिल्छ ।”
बिरामी सबैको जिल्ला अस्पतालमा उपचार भईरहेको समेत उहाँले जानकारी दिनुभयो । ” सबै बिरामीलाई आईसोलेशनमा राखेर उपचार भईरहेको छ,” उहाँले भन्नुभयो ।



S.K. Creative Media Group