प्यूठान । गएराती परेको भारी वर्षाले जिल्लाका बिभिन्न ठाउँमा पहिरो गएको छ । पहिरोले बिभिन्न ठाउँमा सडक अबरुद्ध भएका छन ।
भालुवाङ-प्यूठान सडक खण्डको गर्जेनीमा ठुलो पहिरो गएको प्रहरी नायब उपरीक्षक ईश्वर थापाले बताउनुभयो । उक्त सडक अहिले अबरुद्ध भएको बताउनुभयो ।
बाग्दुला-बाहाने सडक, बाग्दुला-मच्छि सडकको विभिन्न ठाउँमा पहिरो गएको छ ।
यसैबीच, प्यूठान नगरपालिका ९ र १० मा पर्ने बुढादेबी र खरोकोट बजारमा खोला पसेको छ । बुढादेबीका सुरक्षि,भनिएका घर समेत जोखिममा परेको स्थानीयले बताएका छन । नदीले सयौं रोपनी धानबाली नष्ट गरेको छ ।



S.K. Creative Media Group