प्यूठान । प्यूठानमा दुई जनामा हैजा पुष्टी भएको छ । गौमुखी गाउँपालिकाका दुई जना बिरामीमा हैजा पुष्टी भएको जिल्ला अस्पताल प्यूठानका निमित्त मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।
गौमुखीका १२ र ३५ वर्षका पुरुषमा हैजा भेटिएको हो । ” ३ जना बिरामीको नमुना परीक्षणका लागि बुटवल पथाईएको थियो,” पौडेलले भन्नुभयो, “दुई जनामा पोजेटिभ रिपोर्ट आएको छ।”
जिल्ला अस्पतालमा ६ जना झाडापखालाको बिरामी मध्ये ३ जना उपचार पछि घर फर्केका छन । तीन जनाको हाल उपचार भईरहेको समेत उहाँले जानकारी दिनुभयो । उनीहरूको अबस्था सामान्य रहेको र २/३ दिनमा डिस्चार्ज गरिने समेत उहाँले जानकारी दिनुभयो ।




S.K. Creative Media Group