प्यूठान । गत आर्थिक वर्ष २०८०/०८१ मा जिल्ला प्रशासन कार्यालय प्यूठान कार्यसम्पादनमा ३० औं स्थानमा परेको छ । गृह मन्त्रालयको प्रतिवेदनअनुसार जिल्ला प्रशासन कार्यालय प्यूठानले ९३.७५ अङ्क प्राप्त गरेको हो ।
७७ जिल्ला प्रशासन कार्यालयमध्ये ९८ अङ्क प्राप्त गरी रुपन्देही पहिलो भएको हो । त्यसैगरी दोस्रोमा पाल्पाले ९७.७५ अङ्क प्राप्त गरेको छ ।
१०० पूर्णाङ्कमा ९७.६२ अङ्क ल्याएर बागलुङ तेस्रो स्थानमा छ । त्यस्तै पश्चिमी रुकुम जिल्लाले ९७.५० अङ्क ल्याई चौथो स्थानमा छ । त्यस्तै, कार्य सम्पादन मूल्याङ्कनमा सबैभन्दा पछाडि धनुषा जिल्ला परेको छ । सो जिल्लाले ७६.२५ अङ्क मात्र प्राप्त गरेको छ ।
CPAS_वार्षिका_मूल्यांकन_2080_081


S.K. Creative Media Group