प्यूठान । प्यूठान नगरपालिका १० बुढादेवीका बाढी प्रभावित परिवारलाई राहत सामाग्री बितरण गरिएको छ । नेपाल प्रहरी श्रीमती संघ लुम्विनी प्रदेशको आयोजना र जिल्ला प्रहरी कार्यालय प्यूठानको सहकार्यमा बिहिवार राहत सामाग्री बितरण गरिएको हो ।

बाढी पिडित १५ घर परिवारहरुलाई नेपाल प्रहरी श्रीमती संघ लुम्विनी प्रदेश, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठान र प्यूठान उद्योग वाणिज्य संघबाट संयुक्त रुपमा राहत सामग्री (त्रिपाल, खाद्य सामग्री, लत्ताकपडा र भाँडा वर्तन) वितरण गरिएको छ ।

त्यसैगरी बाढी प्रभावित ५ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । नेपाल प्रहरी श्रीमती संघ लुम्विनी प्रदेशको आयोजना, हेल्प नेपालको सहयोग, जिल्ला प्रहरी कार्यालय प्यूठानको सहकार्यमा बालबालिकाहरुलाई विभिन्न शैक्षिक सामग्रीहरु (कापी-४ ,चित्रकला कापी-१, कलर पेन्सिल १ दर्जन, पेन्सिल १ दर्जन, नुहाउने सावुन १, टुथब्रस तुथपेस्ट १, नेलकटर- १,पानी खाने बोत्तल-१,काईयो-१) समेटिएको स्कुल व्याग वितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय