प्यूठान । स्वर्गीय राजन कक्षपतिको स्मृतिमा मुक्ति मावि रातामाटा प्यूठानमा अक्षयकोष स्थापना गरिएको छ । प्यूठान नगरपालिका-४ बिजुवार बजार निवासी रञ्जना कक्षपतीले आफ्नो स्वर्गिय श्रीमानको स्मृतिमा “राजन कक्षपति स्मृती पुरस्कार अक्षयकोष” स्थापना गर्नुभएको हो ।
विद्यालयको आवासिय छात्रावासमा बसी अध्ययन गर्ने अभिभावक विहिन बालबालिकाहरू मध्ये बार्षिक परीक्षामा उत्कृष्ट हुने छात्र/ छात्रा १/१ जनालाई अक्षय कोषबाट बार्षिक रूपमा प्राप्त हुने व्याज रकमबाट पुरस्कार बितरण गर्ने गरी १ लाख रुपियाँको अक्षयकोष स्थापना गरिएको छ ।
मुक्ति मावि आवासिय छात्रावास संचालन तथा व्यवस्थापन समितिलाई नगद १ लाख बिद्यालयलाई हस्तान्तरण गरिएको प्यूठान नगरपालिकाका पुर्व नगर प्रमुख अर्जुन कक्षपतीले जानकारी दिनुभयो ।



S.K. Creative Media Group