प्यूठान । नौबहिनी गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ को वार्षिक समिक्षा गोष्ठी तथा तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले गत आर्थिक वर्षमा सम्पादित गरेका पुर्वाधार विकास सङ्गै शिक्षा, स्वास्थ्य, कृषि, पशु, अन्य भौतिक संरचना लगायत अत्यावश्यक कामहरुको थालनी एवं सप्पन्न विविध योजनाहरुको विषयमा समिक्षा गोष्ठी तथा सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको हो ।
कार्यक्रममा उठेका प्रश्नऽ सुझाव, जिज्ञासा, गुनासोसङ्गै उठेका सवालहरुको जवाफ गाउँपालिका अध्यक्ष दिल बहादुर थापा, उपाध्यक्ष विष्णा थापा, प्रमुख प्रशासकीय अधिकृत शिवराज पाैडेल एवं सम्बन्धित वडा अध्यक्षहरुले दिनुभएको थियाे । नौबहिनीबासीको आकांक्षा पूरा गर्ने अठोटका साथ क्रमिक रुपमा काम गरिरहेको बताउदै उठेका महत्त्वपूर्ण सवाल र जनताका हितमा हुने काममा सेवक भइ काम गरिएको र अझै काम गर्न प्रतिबद्ध रहेको गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले बताउनुभयो ।
वित्तीय प्रगति राम्रो भएको कुरा अवगत गराउदै गाउँपालिकाले गरेका कुनैपनी विकास तथा सार्वजनिक चासो र गुनासो सम्बन्धित विषयमा केन्द्रित रहि जनताको काम नरोकिएको प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले बताउनुभयो । साथै प्रधानमन्त्री रोजगार, राजस्व बाँडफाँड, कृषि तथा अन्य जनताका लाभ, औचित्य र परिणाममुखी कामहरुलाई विशेष प्राथमिकताका साथ गरिएको बताउनुभएको छ ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष सञ्जय रिजाल, महासंघका केन्द्रिय सदस्य सुशील पोख्रेल, महासंघकै पुर्व अध्यक्ष गिरु प्रसाद भण्डारीले पालिकाले गरेकाे कामकाे प्रसंशा गर्दै अझै व्यवस्थित र उत्पादनमुखी कार्यक्रमहरु गरेर युवा बेरोजगारीलाई घटाउन समेत गाउँपालिकालाई सुझाव दिनुभएकाे छ।
गाउँपालिकाको आयोजनामा भएको कार्यक्रमको सहजीकरण मल्लरानी मिडिया प्रा. लि.ले गरेको हो । साथै कार्यक्रममा नाैबहिनी दर्पणकाे विमाेचन समेत गरिएकाे थियाे । कार्यक्रमकाे सहजीकरण तथा सन्चालन पत्रकार जुमान सिह केसी र याेजना शाखा प्रमुख अर्विन्द्र वर्माले गर्नुभएकाे थियाे ।




S.K. Creative Media Group