प्युठान । प्युठानमा प्रहरी र जिल्ला प्रशासन कार्यालयले गाउँ गाउँमा “शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह” सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
शुक्रबार गौमुखी गाउँपालिका-५, खुङ्गमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह” सँगसँगै लागु औषध दुर्ब्यसन, लैगिंक हिंसा र बाल बिवाह नियन्त्रण सम्बन्धि सचेतना मुलक कार्यक्रम गरिएको हो ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले यस्ता कार्यक्रमले समाजलाई जागृत गर्दै सकारात्मक चेतना अभिवृद्धि गर्ने बताउनुभयो। गाउँ गाउँमा हुने सबैखाले अपराध न्यूनीकरणमा कमि ल्याउन समाजिक रुपमा सबैको सहकार्य आवस्यक रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्युठानकी उपप्रमुख दुर्गा रेग्मीले समाजिक रुपान्तरणमा स्थानीय जनताको महत्त्वपूर्ण भुमिका हुने भएकाले सामाजिक विकृतिको अन्त्यका लागि गाउँ गाउँमा स्थानीय जनता नै जागरुक हुनुपर्ने बताउनुभयो । समृद्ध समान निर्माणका लागि सबैखाले विकृति र कुसंस्कार अन्त्य हुनुपर्ने उहाँले बताउनुभयो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालका प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वर थापाले हाम्रो गाउँ समाजमा भइरहेका अपराध तथा लागुऔषध दुर्ब्यसन, लैंगिक हिंसा, बाल बिवाह नियन्त्रण गर्न स्थानीय तहहरुले विशेष खालमा कार्यक्रम मार्फत जनसमुदाय स्तरमा चेतना जागृत गर्न अभियान जरुरी रहेको बताउनुभयो। प्रहरी, समुदाय र स्थानीय सरकारको समन्वयकारी भुमीकामा समाजमा हुने अपराध तथा लागुऔषध दुर्ब्यसन, लैंगिक हिंसा, बाल बिवाह नियन्त्रणमा न्यूनीकरण गर्न सहज हुने उहाँले बताउनुभयो ।
प्रहरीको अभियान सकारात्मक रहेको भन्दै सफल बनाउन गाउँ बस्तीका आमा समुह, महिला समुह, शिक्षक, नागरिक समाज, स्वास्थ्य स्वंयमसेवीका, जनसमुदायको थप सक्रियताबाट मात्र सामाजिक अपराधहरु न्युनिकरण सकिने गौमुखी-५, का वडा अध्यक्ष वरुनध्वज मल्लले बताउनुभयो । यसको लागि गाउँ बस्तिका सबै स्थानीय जुरुक्कै जाग्नुपर्ने अवस्था भएको बताउनुभयो । पछिल्लो समय प्रहरीले गाउँ गाउँ पुगेर यस्ता कार्यक्रमले समाजमा अपराध न्यूनीकरण तथा अन्य लागुऔषध दुर्ब्यसन, लैंगिक हिंसा, बाल बिवाहमा कमि आएको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय प्युठानको आयोजना र जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्यमा गौमुखी गाउँपालिकाको खुङ्गमा कार्यक्रम सम्पन्न भएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्युठानकी उपप्रमुख दुर्गा रेग्मी, जिल्ला प्रहरी कार्यालका प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वर थापा, जिल्ला समन्वय समिति प्युठानको सदस्य निर्मला पोख्रेल, गौमुखी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष वरुनध्वज मल्ल लगायत स्थानीयको उपस्थिति रहेको थियो ।







S.K. Creative Media Group