प्यूठान । प्यूठानको झिमरुक गाउँपालिका-३, लामासेरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बाग्दुला-मच्छी-गौमुखी सडकको लामासेरा खण्डमा रा १ त ५०५३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा गौमुखी गाउँपालिका-६, लिवाङका १९ वर्षीय बिरेन्द्र बोहोराको ज्यान गएको प्रहरीले जनाएको छ ।

शुक्रबार बेलुका करिब साढे ६ बजेतिर बाग्दुला-मच्छी -गौमुखी सडक खण्डको झिमरुक गाउँपालिका-३ स्थित क्रसर र झोलुङ्गे पुलको बिचबाट ट्याक्टर करिब एकसय मिट तल झिमरुक खोलामा खसेर दुर्घटना भएको स्थानीय कृष्ण बहादुर बस्नेतले जानकारी दिनुभयो । ट्याक्टरमा के कति सवार थिए भन्ने बारे अहिले केही खुलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय