प्यूठान । प्यूठानको मरन्ठानामा योग सँगसँगै हवन गर्ने कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ। शनिबार पतन्जली योग समिति मरन्ठाना इकाईले कार्यक्रमको आयोजना गरि टीका, प्रसाद बितरण गरि सम्पन्न गरिएको हो ।

दैनिक हवनले वातावरणीय प्रदुषण हटेर जाने र स्वच्छ बाताबरण निर्माण गर्न सहयोग पुग्ने भएकोले हवन गर्न आवस्यक रहेको पतन्जली योग समिति प्यूठानका अध्यक्ष केदारमान कक्षपतीले जानकारी दिनुभयो । “योग साधना सँगसँगै दैनिक हवन पनि गर्नुपर्ने हुन्छ,” उहाँले भन्नुभयो, “दैनिक हवनले हाम्रो प्राकृतिक बाताबरणलाई सन्तुलन राख्न सहयोग गर्दछ ।” दैनिक हवन गर्न सम्भव नभएपनि दुई, तीन दिनको अन्तरमा अनिवार्य हवन गर्नुपर्ने उहाँले बताउनुभयो ।

सबैले योग गर्नु अति आवस्यक भएकोले दैनिक बिहान योगमा जोडिन आग्रह गर्नुभयो । मानिसको स्वस्थ्य नै सबैभन्दा महत्वपूर्ण सम्पत्ति भएकोले बिहान स्वास्थ्यको लागि केही समय दिएर योग गर्नुपर्ने उहाँले बताउनुभयो । योग साधनाले मानिसको स्वास्थ्यमा निरोगिता सँगै सकारात्मक सोचको बिकास हुने भएकोले मानिसमा योगअनिवार्य रहेको उहाँको भनाई छ ।

पछिल्लो समय जिल्लाका गाउँ गाउँमा योग गर्नेको संख्यामा वृद्धि भएको छ। मानिसमा योग गर्ने बानी बिकास भएपछि ठाउँ ठाउँमा योगशाला निर्माण गर्नुपर्ने आवस्यकता खड्किदै गएको छ । त्यसका लागि तिनै तहका सरकारले योगशाला तथा योग हल निर्माणमा चानो दिनुपर्ने आवश्यक देखिएको छ।

प्युठान नगरपालिका-९, मजुवा स्थित बाल बिद्या माध्यमिक बिद्यालयको सभाहलमा भएको योग शिबिर तथा हवन कार्यक्रममा जिल्ला स्तरीय गोग गुरु स्थानीय योगकर्मी गुरुहरु लगाएतको उपस्तिथि रहेको थियो । कार्यक्रममा टीका र प्रसाद स्वरुप फलफुल ग्रहण गरिएको थियो । मजुवामा दैनिक रुपमा स्थानीयले योग गर्ने गर्दछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय