प्यूठान । जिल्लामा हुल तथा दंगा (भीड नियन्त्रण)को अभ्यास गरिएको छ । जिल्ला सदरमुकाम खलंगा स्थित टुँडिखेलमा निजामति दिवसको अवसरमा भीड नियन्त्रण नमुना अभ्यास प्रर्दशन गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय प्यूठान र शसस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म प्यूठानको संयुक्त आयोजनामा नमुना अभ्यास प्रर्दशन गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले बताउनुभयो । प्रहरीलाई आवश्यक तालिम सहित नमुना अभ्यास प्रर्दशन गरिएको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो ।
अभ्यासको क्रममा भीड नियन्त्रणका लागि गरिने हातेमालो, लाठीमालो, तीर शैली, लाठिचार्ज, अश्रुग्याँस प्रहार, हवाई फायर, कफ्र्यु सम्मको अभ्यास गरि देखाइएको थियो ।














S.K. Creative Media Group