प्यूठान । बाल बिद्या माध्यमिक विद्यालयमा शिक्षक अभिभावकको भेलाबाट विद्यालयमा व्यवस्थापन समिति चयन गरिएको छ । प्यूठान नगरपालिका-९ स्थित विद्यालयमा नेहर सिंह केसीको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरिएको हो ।
समितिको सदस्यहरुमा जनप्रतिनीधि वडा अध्यक्ष बिकास केसी, भिमा गिरी, देबि बिष्ट, लिला केसी, ओमि नेपाली, मान बहादुर केसी, कुन्ता बिक, नरबहादुर बिष्ट, शिक्षक प्रतिनिधि रमेश गिरी र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक केसु गिरी रहनुभएको छ ।
त्यस्तै शुक्रबार नै विद्यालय अभिभावक संघ पनि गठन गरिएको छ । भेलाले नरबहादुर बिष्ट अध्यक्षतामा ११ सदस्यीय अभिभावक संघ गठन गरिएको विद्यालयले जानकारी दिएको छ । सदस्यहरुम माधवा रोका, रबिन्द्र भण्डारी, मिना सुनार, दालमाया घम, गोबिन्द गिरी चयन हुनुभएको छ भने अन्य सदस्य मनोनीत गरिने छ ।
कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष बिकास केसीले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, अभिभावक र स्थानीय तहको ठूलो भूमिका हुने बताउनुभएको छ । प्रमुख अथिती समेत रहनुभएका केसीले सबैको सहकार्यबाट मात्र सामुदायिक बिद्यालयको शैक्षिक सुधार गरि राज्यलाई आवस्यक पर्ने जनशक्ति उत्पादन गर्न सकिने बताउनुभएको हो ।
सरकारले सामुदायिक विद्यालयको सुधारका विभिन्न कार्यक्रम अघि बढाएको उहाँको भनाइ छ । वडा अध्यक्ष केसीले शिक्षा क्षेत्रको विकास नभएसम्म अन्य क्षेत्रको विकास सम्भव नहुने चर्चा गर्नुभयो । स्थानीय सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न तथा शिक्षा क्षेत्रका समस्या समाधान गर्न पहल गरेको बताउनुभयो । त्यस्को लागि स्थानीय सरकारले आफ्नो क्षमता अनुसार शिक्षण सिकाईमा सुधार र भौतिक पूर्वाधारको सुधारमा काम गरिएका रहेको उहाँले बताउनुभयो ।

नम्बर १० का वडा अध्यक्ष लोक बहादुर केसीले शैक्षिक सुधारको लागि अभिभावक र विद्यार्थी जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । अभिभावकले आफ्ना नानिबाबुले के गरिरहेको छ भन्ने कुरोको जानकारी लिनुपर्ने उहाँको तर्क छ । आफ्ना बालबालिकाको मनोभावना बुझेर बालबालिकालाई व्यवहार गर्नुपर्नेमा उहाँको जोड थियो।
कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक केशु गिरीले बिद्यालयको समग्र प्रगति प्रस्तुत गर्नुभएको थियो । शिक्षक अभिभावक संघका अध्यक्ष बासुदेब केसीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक रमेश गिरीले गर्नुभएको थियो ।




S.K. Creative Media Group