बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकहरूलाई स्वच्छ र सफा खानेपानी उपलब्ध गराई जनस्वास्थ्यमा सुधार ल्याउन सरकारले याेजना निर्माण गरेकाे बताउनु भएको छ । गुणस्तरीय खानेपानी वितरणलाई सुनिश्चित गर्न प्रदेश स्तरीय पानी परिक्षण ल्याव स्थापना गर्न थालिएको बताउनु भएको हाे ।

 

रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ योगीकूटीमा रहेको शंकरनगर खानेपानी उपभोक्ता तथा सरस्फाइसंस्थाकाे रजत जयन्ती कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले ‘एक घर-एक धारा’को अभियानलाई पूरा गर्दै कार्यान्वयन चरणमा रहेका खानेपानी आयाेजनालाइ सम्पन्न गर्ने लक्ष्य लिएको जानकारी दिनुभयाे ।`प्रदेश सरकारले आफ्नै खानेपानी ल्याव स्थापना गर्दै छ । कपिलवस्तुमा ल्याव खाेल्दै छाैं ।खानेपानीकाे गुणस्तर परिक्षण गरेर पानी खुवाउनुपर्छ भनेर ल्याव स्थापना गर्दैछाैं´उहाँले भन्नुभयाे-`चालू बर्षमा १६८ खानेपानी आयाेजना सम्पन्न गर्ने र जसबाट ७ लाख ४ हजार लाभान्वित हुने लक्ष्य राखेका छाैं ।´

 

याेजनाबद्द विकास प्रदेश सरकारकाे पहिलो आधार भएकाे बताउदै समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनी बनाउने अभियान पूरा गर्ने दिशामा सरकार रहेकाे बताउनु भयाे ।`प्रदेश सरकारले हरेक नागरिक स्वस्थ हुनुपर्छ भन्ने मान्यताकासाथ कार्यक्रमहरू गरिरहेका छाैं´उहाँले भन्नुभयाे-`योजनाबद्ध विकासका माध्यमबाट लुम्बिनी प्रदेशमा खानेपानी, कृषि, पर्यटन र उद्योग क्षेत्रमा सुधार गरेर विकास र समृद्धिकाे अभियान सफल बनाउन सक्छौं ।´

मुख्यमन्त्री आचार्यले रजत स्मारक, नव निर्मित कार्यालय भवनकाे उद्घाटन र रजत स्मारिकाकाे विमाेचन गर्नु भएको छ । रजत जयन्ती मनाउदै गर्दा खानेपानी उपभोक्ता संस्थाले निर्धारित लक्ष्य हासिल गर्न गरेका योगदान अविस्मरणीय र उल्नेखनीय रहेकाे मुख्यमन्त्री आचार्यले बताउनुभयाे ।

यो खानेपानी तथा सरसफाइ संस्था लुम्बिनी प्रदेशको अग्रणी खानेपानी संस्था हो । उपभोक्ताहरुकाे अथक मेहनत र परिश्रमका कारण यो खानेपानी आयोजना यहाँसम्म आइपुरगेको महशुस मुख्यमन्त्री आचार्यले गर्नु भएको छ ।

प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले सबै नागरिकलाई उच्चस्तरीय र गुणस्तरीय खानेपानी पुर्‍याउने लक्ष्य सरकारले पूरा गर्नुपर्ने बताउनु भयाे ।

तिलाेत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले पानी शान्तिका लागि, पानी समृद्धिका लागि र पानी जिवनकाे लागि भएको बताउनु भयाे। सुरक्षित खानेपानीका लागि प्रदेश सरकार संग समन्वय गरिने उहाँले बताउनु भयाे । प्रदेश सभा सदस्य भगवती अधिकारीले नागरिहरुलाइ सहज रुपमा गुणस्तरीय पानी पुर्‍याउने संकल्प प्रदेश सरकारले पूरा गर्नुपर्ने बताउनु भयाे । कार्यक्रममा प्रज्वल बाेहाेरा लगायतले सम्बाेधन गर्नु भएको थियाे ।

 

संस्थाका अध्यक्ष झबिन्द्र भण्डारीले कुलाे, कुवा, इनार र खाेलाकाे पानी खानुपर्ने अवस्था अन्त्य गरेर नागरिकहरुलाइ गुणस्तरीय खानेपानी पुर्‍याउन सफल भएको बताउनु भयाे । कार्यक्रमकाे सहजिकरण संस्थाका सचिव कमला ज्ञवालीले गर्नु भएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय