दाङ । जिल्लामा मोटरसाइकल दुर्घटनामा एक जना प्रहरी जवानको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा वडा प्रहरी कार्यालय लमहीमा कार्यरत लमही नगरपालिका-७ निवासी २६ वर्षीय प्रहरी जवान गणेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक इश्वर थापाले जानकारी दिनुभएको छ ।
प्रहरी नायब उपरीक्षक थापाका अनुसार चौधरी पूर्व-पश्चिम राजमागअन्तर्गत लमही नगरपालिका-७ पदमिनी खोलास्थित लु १ ख ९३५२ नम्बरको ट्रकमा लुम्बिनी प्रदेश ०१-००२ प ११४८ नम्वरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते चौधरीलाई उपचारका लागि लमही अस्पतालमा पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले ट्रक चालक रुपन्देही जिल्ला स्यारी गाउँपालिका-४ निवासी २९ वर्षीय जितेन्द्र राजभरलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।



S.K. Creative Media Group