डा. शैलेन्द्र गिरी

परिचयः

साइबर अपराधीहरुले कम्प्युटर सम्बन्धी उपकरण, मोवाइल, इन्टरनेटको प्रयोग गरी कुनै व्यक्ति, परिवार, समाज र राष्ट प्रति खलल पुर्याउने कार्यलाई साइबर अपराध भनिन्छ ।

व्यक्ति, परिवार, आफन्त, इस्टमित्र, समाजका प्रतिष्ठीत व्यक्ति, व्यापारी, संस्था, राजनीतिक कर्मीहरु साइबर अपराधीहरुको पहिलो निसानामा पर्छन ।

आफ्न्तको मानमर्दन गर्न, कुनै व्यक्तिको चरित्र हत्या गर्न, पुरानो रिसीइबी साध्न, आर्थिक लाभ प्राप्त गर्न अपराधीहरुले छदम भेषमा नक्कली फेसबुक आइडी बनाई विभिन्न हर्कत गर्दछन् ।

सामाजिक सञ्जालमा प्रविधिको दुरुपयोग गर्दै गरिने मानहानी, ब्लाकमेल लगायतका कुराहरु जताततै देखिन थालेका छन् ।

झुटा समाचार प्रेसित गर्ने, वेवसाइट तथा इमेल ह्याकिङ, चरित्रहत्या, डाटा चोरी, इन्टरनेटमार्फत व्ल्याकमेलिङ, इन्टरनेट बैंकिङ जालसाजी, अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्याउने क्षति, जालसाजी, बाल यौन दुराचार आदि साइबर अपराधीका प्रमुख रणनीतिहरु हुन।

त्यस्तै साइबर अपराधमा इन्टरनेट, इन्ट्रानेट र एक्स्ट्रानेटसग सम्बन्धित आपराधिक सबै गतिविधिहरु साइबर अपराध अन्र्तगत पर्छन् ।

मान्छेको भावनामा खेलेर होस या ब्लाकमेल गरेर होस, साइबर दुरुपयोग गर्ने क्रम बढ्दो छ ।

साइबर अपराध नियन्त्रणः

नेपाल प्रहरी अन्तर्गतको साइबर व्युरोले साइबर अपराध हेर्ने गर्दछ । हाल सबै जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन र जिल्ला अदालतले समेत साइबर अपराधी सम्बन्धी मुद्धा हेर्ने भएको छ ।

नीति र ऐनः

साइबर अपराध सम्बन्धी नीति २०८० जारी भएको छ । साइबर ऐन डाफ्ट भएको छ । केही स्थनीय तहले साइबर सम्बन्धी नीति, निर्देशीका समेत बनाएका छन् ।

साइबर अपराध सम्बन्धी कारवाहीः

समाजमा साइबर अपराध प्रत्येक वर्ष बढदै गएको साइबर व्युरोको अध्ययन प्रतिवेदनले देखाएको छ । साइबर अपराध सम्बन्धी विभिन्न मुद्धामा सयौ अपराधीयहरु अहिले जेलमा छन् ।

कतिले मुद्धा खेपी रहेका छन भने कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ता र अनलाईन मिडियाहरु अपराधजन्य क्रियाकलाप गरेका कारण कारवाहीको दायरामा परेका छन् ।

अन्तमाः

# साइबर अपराधीहरु राष्टिय, अन्तराष्टिय र स्थानीयतहमा क्रियासील भएको पाइन्छ । ती मध्ये धेरैले आफन्त, आफन्तका परिबार, संस्था र राष्टलाई बढी दुःख दिन्छन् । अझ भन्ने हो भने आफन्त भन्नेहरुबाट नै हाम्रो समाज बढी पडित छ । तिनीहरुले देश भित्र र बाहिरबाट त्यस प्रकारका हर्कत गर्ने गर्छन । सत्य के हो भने विश्वभर ती अपराधीहरु ढिलो चाडो कानुनको फन्दामा पर्ने गरेका छन् ।

साइबर अपराधीले आफ्नो फेक फेसबुक आइडी बन्द गरेतापनि उसले खोलेको अकाउन्ट सर्भरबाट कहिल्यौ हट्दैन भन्ने कुरा अपराधीहरु कमैलाई थाहा हुन्छ ।

वाइफाई, मोवाइल, कम्प्युटर र अन्य डिभाइस वा एप्लीकेसनको पासवर्ड कसैलाई दिनु हुदैन् । पासवर्ड समय समयमा परिवर्तन गरी राख्नु पर्छ । पासवर्ड राख्दा अंक, अक्षर र संकेत मिलाई आफुले संम्झने गरी राख्नु पर्छ । साइबर अपराधीहरुले कुनै पनि बेलामा विभिन्न स्वरुपमा अनेक प्रकारका मुकुन्डो धारणा गरी छद्मभेषमा व्यक्ति, परिवार, आफन्तजन, संस्था, जात, धर्म, सस्कृति, भेषभुषा र राष्टमाथि हमला गर्छन भन्ने कुरामा सबै सजग र सर्तक रहन आवश्यक छ ।

लेखकः विद्युतीय शासन र सुचना प्रविधि विज्ञ हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर