प्यूठान । सरुमारानी गाउँपालिका पूर्ण खोप सुनिश्चत भएको पालिका घोषणा भएको छ । पालिका भित्र खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो ।

पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गर्नुअघि गाउँपालिककाले प्रत्येक घरधुरीमा स्वास्थ्यकर्मीहरू पुगेको, पूर्ण खोप सुनिश्चितताको लागि घरधुरी सर्वेक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख रायमाझीले बताउनुभयो । पालिकामा जन्मेदेखि १५ महिना भित्र पाउनु पर्ने सबै खोप लगाएका १६ देखी ५९ महिनासम्मको बालबालिका १ हजार ४ सय १० जना रहेको रायमाझीले जानकारी दिनुभयो ।

घोषणा कार्यक्रममा सबै स्वास्थ्य संस्था प्रमुख र प्रत्येक वडाबाट एक/एक जना गरी ६ जना महिला सामुदायिक स्वाथ्य स्वयंसेविकालाई उत्कृष्ट छनोट गरि सम्मान समेत गरिएको थियो ।

साथै जन्म देखि २४ महिनाको उमेर सम्म तोकिएको समयमा नियमित वृद्धि (तौल) अनुगमन गराउने, १५ महिनाको उमेर भित्र सबै खोप समयमै लगाउने, नियमित वृद्धि (तौल) अनुगमन गराउने, १५ महिनाको उमेर भित्र सबै खोप समयमै लगाउने र स्वस्थ बच्चाको अभिभावकलाई प्रत्येक वडाबाट ३/३ जना गरी जम्मा १८ जना आमाहरुलाई नगद तथा प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।

सरुमारानी गाउँपालिकाका उपाध्यक्ष वसन्ता खड्काको अध्यक्षता, जिल्ला खोप समिति तथा जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जि.सी.को प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डेको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय