सरद बिष्ट
अभिभावक : सर, नगरपालिकामा तपाइको नै राम्रो सुपरिचित बिद्यालय भएकोले मेरो बाबु पनि यो बर्ष कक्षा– ८ मा यतै भर्ना गरेको छु । बिशेष ख्याल गरिदिनु होला है ।
अभिभावक : सर, तपाईको बिद्यालयले एस.इ.इ. परीक्षामा पनि उत्कृष्ट नतिजा ल्याउछ । मेरो नानीलाई पनि कम्तिमा ए ग्रेडमा पास गर्ने गरि पढाउन पर्याे ।
अभिभावक : सर, यो बाबु अलि अल्छी गर्छ । पढ्ने मन गर्दैन् घरमा मोबाइलको किरो छ । कुटेर वा हप्काएर जसरी भएपनि पढाइदिनु पर्याे ।
अभिभावक : सर, बाबु–आमा नै जागिरे परियो । बच्चा बच्ची हेर्ने खास्सै समय भएन् । होस्टेल राखेर ज्ञानी बनाई पढाईदिनु पर्याे ।
अभिभावक : सर, वावुको उमेर १९ बर्ष भयो सरकारी स्कुलमा दुई बर्ष कक्षा–८ मा फेल भयो । त्यहि भएर बोर्डिङ ल्याएको । दुई कलास कम भएपनि भर्ना गरिदिनु पर्याे ।
अभिभावक : सर, गाँउको अल्लारे केटाहरुसँग लाएर खुबसँग विग्रियो । चुरोट खाने, गाजा तान्ने र पैसा खर्च गरेर हैरान पारेको छ । आनी बानी सुधारेर राम्रो मान्छे बनाइदिनु पर्याे ।
अभिभावक : सर, बाबु टुहुरो हो । जन्मेको दुई वर्षमा बुबा बित्नुभयो । आमाले छोडेर गईन यसो हेडसरसँग भनेर निःशुल्क पढ्ने वातावरण गराइदिनु पर्यो ।
अभिभावक :सर बाबुले घरमा होमवर्क पटक्कै गर्दैन् । मोबाइलमा पब्जी र फ्रि फायर गेम राती अबेरसम्म खेल्छ । मोबाइलको लत जसरी भएपनि छुटाइदिनु पर्यो ।
अभिभावक : सर, तपाईले औधी पिट्नु हुन्छ रे ! स्कुल नै जान्न भनेर जिद्धि गर्छ । लौन सर, बिद्यार्थीलाई सम्झाएर फकाएर अनि माया गरेर पढाइदिनु पर्याे ।
अभिभावक : सर, बाबु कक्षाको ट्यालेन्ट बिद्यार्थी नै हो कक्षा जम्प गरिदिनु पर्याे । बरु टियुसन र एक्सट्रा कक्षाको व्यबस्था मिलाउने प्रयास गरौंला ।
(नोट : लेखक लोक चेतना एकेडेमी बिद्यालयको माध्यमिक तहमा सामाजिक/अंगेजी बिषयका शिक्षक हुनुहुन्छ ।)