प्यूठान । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्यूठानले स्थापना दिवसको अवसरमा बौद्धिक अपांगता भएका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । जनता माध्यमिक विद्यालय बाग्दुलामा अध्ययनरत ११ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

जिल्ला अध्यक्ष दिल बहादुर दसौदीको अध्यक्षता एवं नेकपा (एमाले) प्यूठानका अध्यक्ष विजय विराज विष्टको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरि ६० औं स्थापना दिवस मनाएको अनेरास्ववियु प्यूठानले जनाएको छ । स्थापना दिवसको अवसरमा अनेरास्ववियुले काठमाण्डौमा आजदेखी ३ दिने विद्यार्थी महोत्सव आयोजना गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय