प्युठान । प्युठानमा बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरु संगठित भएका छन् । जिल्लामा बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीले आफ्नो पेशागत सुरक्षा र वृद्धि बिकासको लागि हक स्थापित गर्न भन्दै संगठित भएका हुन ।
बुधबार होटल आयुष्माको सभाहलमा भएको पहिलो भेलाले जिल्ला तदर्थ समिती गठन गरिएको छ । भेलाले सिद्धार्थ बैंक लिमिटेडका शाखा प्रबन्धक हरि प्रसाद न्यौपानेको अध्यक्षतामा ११ सदस्सीय जिल्ला तदर्थ समिति गठन गरिएको जनाएको छ ।
त्यस्तै समितिको उपाध्यक्षमा साइन रेसुङ्गा बैंकका प्रबन्धक योगेन्द्र बिष्ट, सचिवमा मुक्तिनाथ विकास बैंक प्रबन्धक बसन्त बहादुर के.एम र कोषाध्यक्षमा सुदर्शन पुडासैनी डिप्रोक्स लघुबित्तका प्रबन्धक चयन हुनुभएको छ ।
समितिको अन्य सदस्यहरुमा सचेत श्रेष्ठ हिमालय बैंक लिमिटेड, दधिराम भण्डारी एन आइसी एसिया बैंक, टेक बहादुर बराल सुर्योदय लघु बित्त, कृष्ण शाह उन्नति सहकार्य लघु बित्त, टेक बहादुर कुवर ज्योति बिकास बैंक, बिक्रम जिसी हिमालय बैंक र अर्जुन खनाल कामना बिकास बैंक बाट प्रतिनिधित्व हुने गरि चयन गरिएको छ । समितिको सल्लाहकारमा हिमालय बैंकका सरोज सापकोटा र बाणिज्य बैंकका दिपेन्द्र सुनार रहनुभएको छ।
जिल्ला क्षेत्रभित्र रहेका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा कार्यरत कर्मचारीहरुको वृत्ति विकाश पेशागत सुरक्षाका लागि संगठनले काम गर्ने छ । बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई निष्पक्ष, विश्वसनीय र पारदर्शी ढङ्गले सेवा प्रवाह गर्न नवनिर्वाचित अध्यक्ष हरि प्रसाद न्यौपाने बताउनुभयो । बैंक तथा बित्तिय सस्थाका कर्मचारी आफ्नो अधिकार र पेशागत सुरक्षाको लागि सदैव एकजुट भएर काम गर्नुपर्ने अध्यक्ष न्यौपानेको भनाइ छ ।



S.K. Creative Media Group