प्यूठान । प्यूठानको झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८१-०८२ को तेस्रो चाैमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार झिमरुक गाउँपालिकाको सभा हल मच्छिमा भएको कार्यक्रममा आर्थिक वर्षमा सम्पादन गरेका कामको प्रभावकारिता तथा नागरिक सन्तुष्टि तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।

गाउँपालिकाले  पहिलो दोस्रो र तेस्रो आर्थिक वर्षमा भएको काम र उपलब्धि सहितको प्रगति प्रतिबेदन सार्वजनिक गरिएको हो । सार्वजनिक सुनुवाइ कार्यक्रममा जनताले उठाएको सकारात्मक र सहि माग र गुनासोको तत्कालै सम्बोधन गर्ने प्रतिबद्धता गरिएको छ ।

झिमरुक गाउँपालिकाले गरेको काम कार्वाही, सेवा प्रवाह, योजना ,कार्यक्रम लगायत कामको प्रगति, सार्वजनिक विषयमा सम्बन्धित सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया गराउने तथा सेवाप्रति सेवा प्रदायकलाई जबाफदेही बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइ गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास केसेले जानकारी दिनुभयो । उहाँले आर्थिक वर्षको अवधिमा गाउँपालिकाले गरेका सम्पुर्ण काम र प्रगति सहितको प्रगती प्रतिबेदन प्रस्तुत गर्नुभएको हो ।

कार्यक्रममा सरोकारवालाहरूले सडक, खानेपानी, योजना अनुगमन, न्यायिक समिति र सहकारी, शिक्षा, स्वास्थ्य, कृषि, विपद लगायत विकासका पूर्वाधार विकास योजनाको कार्यान्वयन लगायतका सेवा प्रवाहका विषयमा प्रश्न तथा सुझाव गरिएको थियो ।

स्थानीय तहका काम सेवाप्रवाहको बारेमा सरोकारवालाले राखेका जिज्ञासा, प्रश्नहरुकाे जवाफ पालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्री, उपाध्यक्ष प्रमोद पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, वडा अध्यक्षहरु तथा सम्बन्धित शाखाका शाखा प्रमुख कर्मचारीले जवाफ दिनुभएको थियोे ।

नागरिकको सुझावले पालिकाको बिरहत्तर हित र बिकासको लागि थप हौसला र मार्ग मिलेको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताउनुभयो । उहाँले सुझाबलाई कार्यान्वयन गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गर्दै काम गर्ने क्रममा भएका सानातिना कमि कमजोरीलाई सच्याएर अगाडि बढ्ने बताउनुभयो । योजना निर्माणको क्रममा देखिएका भौतिक क्षतिहरुका विषयमा तत्काल समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सार्वजनिक सुनुवाइ कार्यक्रमलाई व्यवस्थित गर्दै स्थानीय सरकार, प्रदेस सरकार र संघिय सरकारले गरेका योजना तथा कार्यक्रमको समेत सार्वजनिक सुनुवाइ गर्नुपर्ने आवश्यकता रहेको गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले बताउनुभयो । सेवा प्रवाह दिने सरकार सबै कार्यालय संघ संस्थाहरु जनता प्रति जवाफदेही हुने र नागरिक पनि उत्तरदायी भएमात्र सहि परिणाम आउने बताउनुभयो ।

उक्त कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, क्रियाशिल राजनीतिक दलका प्रमुख, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख, क्याम्पस, विद्यालय, बैंक तथा वित्तीय उपभोक्ता समितिका पदाधिकारी, संचारकर्मी लगायत स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो ।

गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण संघर्ष मिडिया प्रालिका सञ्चालक बिमल पोख्रेलले गर्नुभएकोे थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय