प्यूठान । लगातारको वर्षाको कारण बाग्दुला-मच्छी-गौमुखी सडक अवरुद्ध भएको छ । आज बिहानैदेखि परेको अविरल वर्षाको कारण बाग्दुला-मच्छी -गौमुखी सडकको चिसावाङ खण्डको भोलेबाबाको मन्दिर नजिक गएको पहिरोले सडक पुर्णरुपमा अवरुद्ध भएको हो ।
अवरुद्ध सडक पालिकाले मेसिनको प्रयोग गरेर खुलाउने प्रयास गरेपनि रात परेको र पहिरो निकै ठूलो भएकोले समस्या भएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत विकास केसीले जानकारी दिनुभयो । उहाँले सडक यात्रा गर्दा सचेतना अपनाउन समेत आग्रह गर्नुभएको छ । पहिरो गएको स्थानमा विद्युत लाइन भएको र उक्त स्थानमा रातिको समयमा पहिरो पन्छाउन असुरक्षा भएकोले भोलि बिहानदेखि मात्र मेसिन प्रयोग गरेर सडकमा खसेको पहिरो हटाउने काम हुने जानकारी दिनुभयो ।
यस आर्थिक वर्षमा बतासेडाँडा देखि अर्गेलीको बोकेटारी स्थित जिमुर खोलासम्म सडक चौडा गर्ने, लगायत संरचनाको काम भैरहेको छ । यी सडक भएर यात्रा गर्ने यात्रुले बैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न समेत पालिकाले अनुरोध गरेको छ ।



S.K. Creative Media Group