प्यूठान । राष्ट्रिय युवा संघ नेपाल प्यूठानले अन्तरास्ट्रिय युवा दिवसको अबसरमा मृगौला पीडितलाई आर्थिक सहयोग प्रदान गरेको छ । प्यूठान नगरपालिका-८ रज्यान निवासी ५८ वर्षीय रामे सुनारलाई आर्थिक सहयोग प्रदान गरेको हो ।

राष्ट्रिय युवा संघ नेपाल प्यूठानका अध्यक्ष महेश पाण्डेले २१ हजार रुपियाँ सहयोग प्रदान गरेको बताउनुभयो । आर्थिक अबस्था कमजोर भएकाले उपचारका लागि राहत मिल्ने गरि सहयोग गरेको उहाँले बताउनुभयो ।

सुनारको दुई वर्ष पहिले दुबै मृगौला फेल भएको थियो । हप्तामा दुई पटक डायलासिस गर्नुपर्ने हुन्छ । दाङको राप्ती स्वास्थ्य प्रतिस्ठानमा पुगेर डायलासिस गर्ने गरिएको छ ।

राष्ट्रिय युवा संघले गरीब, असहाय, बिपन्न, युवाहरूको हितका लागि काम गर्दै आएको अध्यक्ष पाण्डेको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय