प्यूठान । सरकारले ल्याउन लागेको शिक्षा विधेयकका विभिन्न विषयमा असन्तुष्ट रहेको निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले विभिन्न आन्दोलनका कार्यक्रम थालेको छ । प्रस्तावित विधेयकमा राखिएका विभिन्न बुँदा सच्याउन माग गर्दै प्याब्सनले देशब्यापी आन्दोलनको कार्यक्रम शुरु गरेको हो ।
आन्दोलनको कार्यक्रम अर्न्तगत प्याब्सन प्यूठान अर्न्तगत ९ वटै पालिका स्तरीय समितिले आ–आफ्नो स्थानीय तहमा ज्ञापन–पत्र बुझाएका छन । विहीबार जिल्लाका सवै पालिकामा ज्ञापन पत्र बुझाएको प्याब्सन प्यूठानका सचिव सरद गौतमले जानकारी दिनुभयो ।
यी हुन प्याब्सनले सच्याउन माग गरेका विषय
१) निजी विद्यालयहरुलाई क्रमशः गैर नाफामुलक बनाइनेछ भन्ने वाक्यांश हटाइनुपर्ने ।
२) पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाइनुपर्ने ।
३) हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिनुपर्ने ।
४) छात्रवृत्ति अर्न्तगत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाई शुल्क कायम हुनुपर्ने ।
यी मागहरु राखेर प्याब्सनले भदौ ७ गतेसम्मको आन्दोलनको कार्यक्रम तय गरिसकेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला समन्वय समितिको कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जनाएको छ ।





S.K. Creative Media Group