प्यूठान । प्युठानको गौमुखी र माण्डबी गाउँपालिका लाभग्राहीको घरटहरा पुनर्निर्माण र पुनर्स्थापनाको लागि पहिलो र दोस्रो किस्ता माग गर्ने निर्णय भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा बुधबार  जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले गौमुखी गाउँपालिकाका आठ घरपरिवारको पुनर्निर्माण गर्न दोस्रो किस्ता र माण्डवी गाउँपालिकामा पुनर्स्थापना गर्न दश घरपरिवारलाई लाभग्राही कायम गरी जग्गा व्यवस्थापन गर्न प्रथम किस्ता माग गर्ने निर्णय भएको हो ।

बैठकले वर्षासँगै हुने विपद् जन्य घटनाले आर्थिक, भौतिक र मानवीय क्षती गराउने भएकोले यो क्षतिलाई न्यूनीकरणमा जोड दिन सबै मिलेर यसको सामना गर्न तयार हुनुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकले दुई गाउँपालिकाका गौमुखी र माण्डबीका १८ घरपरिवारको घरटहरा तथा जग्गा पुनर्निर्माण र पुनर्स्थापनाको दोस्रो किस्ता निकासाका लागी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमाडौं र लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा अनुरोध गरि पठाउने निर्णय भएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले जानकारी दिनुभयो ।

जिल्लामा विपद् जोखिम न्यूनीकरण, पुर्वतयारी तथा प्रतिकार्य योजना, २०८२ लाई कार्यान्वयनमा लैजाने निर्णय भएको छ । त्यस्तै झिमरुक जलविद्युत ड्यामको कारण नदिको बहाव वर्षेनि उच्च भइ उक्त आसपासका कृषि योग्य जमिन, बस्ती र संरचनाहरुलाई गम्भीर  जोखिम रहेको भन्दै स्थानिय तह र झिमरुक जल विद्युत आयोजनाको समन्वयमा बाग्दुलादेखी ड्याम्सम्मको क्षेत्रमा जम्मा भएको गिट्टी, बालुवालाई प्रचलित कानुनको परिधिभित्र रहेर विपद् जोखिमको स्तर आकलन गरि हटाउने निर्णय भएको छ।

जिल्लामा रहेका राष्ट्रिय तथा स्थानीय सडक वर्षाको कारण पहिरोले सडक अवरुद्ध भएकोले उकत अवरुद्ध सडक खुलाउन आ आफ्नो जिम्मेवारीमा रहेका सडक खुलाउने काम स्थानीय पालिका, सडक डिभिजन कार्यालय र सडक पुर्वाधार कार्यालय प्युठानले नियमित मर्मत गर्ने निर्णय भएको छ ।

बैठकमा सबै स्थानीय तहका मेयर, अध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत, राजनीतिक दलका प्रमुख तथा  प्रतिनिधि, सडक डिभिजन कार्यालय, सडक पुर्वाधार कार्यालयका इन्जिनियर, जिल्ला स्थित रहेका कार्यालयका कार्यालय प्रमुखहरू, पालिकाको विपद् हेर्ने फोकल पर्सन, पत्रकार, संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, तिनवटै सुरक्षा निकायका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालको अध्यक्षतामा भएको बैठकमा जिल्ला समन्वय प्रमुख धरम बहादुर जिसीको विशेष आतिथ्यता रहेको थियो भने सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबी शर्माले बैठकको सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय