प्यूठान । नेपाली मौलिक तिज गितको संरक्षण गर्ने उदेश्यले मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रले तिज गीत प्रतियोगिता आयोजना गरेको छ । मल्लरानी गाउँपालिका वडा नम्वर ४ को सहयोग तथा संस्थाको अयाोजनामा खलंगाको शिवालय मन्दिरमा मंगलबार तिज गित प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा प्रथम नेवा : देय दवु मिसा पुजः, द्धित्तिय जनजागृति मावि कसेरी, तृतिय राधाकृष्ण मन्दिर तथा काशेपानी समुह र शान्त्वना मल्लरानी महिला समुह भएका छन । विजेताले क्रमशः १० हजार, ६ हजार, ४ हजार र २ हजार रुपियाँ पुरस्कार प्राप्त गरेका छन । प्रतियोगितामा ९ वटा समुहले भाग लिएका थिए ।
मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रका अध्यक्ष निर्जला कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी प्रदेशसभा सदस्य धनलक्ष्मी श्रेष्ठ रहनुभएको थियो । त्यसैगरी जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसी, उपप्रमुख दुर्गा रेग्मी, मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्का, उपाध्यक्ष रमेश कुमार श्रेष्ठ, ४ नम्वर वडा अध्यक्ष कुमार श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा स्वागत निवर्तमान अध्यक्ष बसन्तलाल शाक्य र सञ्चालन कार्यकारी प्रमुख विजय कुमार श्रेष्ठले गर्नुभएको थियो ।





S.K. Creative Media Group