प्यूठान । प्यूठानमा एक जना पुरुषलाई हैजाको संक्रमण भएको छ । प्यूठान अस्पताल विजुवारमा उपचारत ३३ वर्षीय एक पुरुषलाई हैजा देखिएकाे अस्पतालले जनाएकाे छ ।

मल्लरानी गाउँपालिका -२ भैसामारेका पुरुष बुधबार भारतकाे जालान्धरबाट फर्कदैगर्दा बाटाेमै बिरामी भएका थिए । घर पुगे लगत्तै स्वास्थ्यमा थप समस्या देखियपछि बिहिवार राति अस्पताल लगिएको थियो ।

बिरामीको आइसुलेसनमा राखेर उपचार भैरहेको अस्पतालले जनाएको छ । राेजगारीकाे शिलशिलामा एक महिना पहिले मात्रै उनी भारत पुगेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय