काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले संसद् भवन आसपासका क्षेत्रमा राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ। जेनजी प्रदर्शनकारीले निषेधित क्षेत्र प्रवेश गर्न लागेकोले प्रहरीले अश्रुग्यास र हवाइ फायर गर्दा समेत भीड नियन्त्रणमा नआएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जारी गरेको आदेशअनुसार बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वरचोकदेखि दक्षिण शंखमूल ओरालो हुँदै शंखमूल पुलसम्म कर्फ्यु आदेशजारी भएको छ।

यसअवधिमा आवतजावत, भेला, जुलुस, घेराउलगायतका काम गर्न नपाइने भनिएको छ।

जेनजी प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्दै बानेश्वर क्षेत्रमा केन्द्रित भएपछि भीड प्रहरी नियन्त्रण बाहिर पुगेको जानाइएको छ। सो क्रममा प्रदर्शनकारी संसद्को गेट नाघेर भवनभित्रै छिरेका थिए ।

मुलुकमा अनियमितता र भ्रष्टाचार मौलाएको, नेताहरू नसुध्रिएको सामाजिक संजाललाई बन्द गरेक्को भन्दै जेनजीहरु सडकमा उत्रिनुपर्ने बाध्य आएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय