प्युठान । नेकपा एमाले प्युठानले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ बिजुवारमा भब्य रूपमा मनाईएको छ। जेनजी आन्दोलनका क्रममा आगजनी तथा तोडफोड गरिएको बिजुवारमा रहेको आफ्नै पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि संविधान दिवस मनाएको हो ।
नेकपा एमाले प्युठानका अध्यक्ष बिजय बिराज बिष्टको अध्यक्षता, संविधान सभा सदस्य धनबहादुर रायमाझीको प्रमुख आतिथ्यता, स्वागत उपाध्यक्ष माधब शर्मा र जिल्ला पार्टी सचीव इन्द्रमणि पोख्रेलको संचालनमा कार्यक्रममा भएको थियो ।
कार्यक्रममा संविधान सभा सदस्य धनबहादुर रायमाझीले संविधान दिवसलाई राष्ट्रिय एकताको पर्वका रूपमा मनाउनुपर्ने बताउनुभएको छ। संविधान नेपाली जनताको सात दशकको सघर्षको अति महत्त्वपूर्ण दस्तावेज हो । उहाँले अहिलेको संविधान राष्ट्रिय एकताको सुत्राधार भएकोले यसलाई समयानुकूल थप उन्नत बनाउदै संशोधन गर्दै लैजानुपर्ने बताउनुभयो ।
संविधान बनाउदा त्योबेला हामीमाथि ठूलो दवाव थियो । औपचारिक रुपमा हाम्रो देश स्वतन्त्र भएपनि संविधान जारी नगर्न निकै दवाव आयो तर हामीले सार्वभौम जनताका प्रतिनिधिले त्यो दवाफ हस्तक्षेप नमानेरै संविधान जारी गर्न सफल भएको बताउनुभयो ।
कार्यक्रमको समापन गर्दै एमाले प्युठानका अध्यक्ष विजय विराज बिष्टले पार्टी अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गरिएको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रलाई नेपालको नक्सामा समावेश गर्ने ऐतिहासिक निर्णयले राष्ट्रिय स्वाभिमान जगेर्ना भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले राष्ट्रियताको सवालमा कुनै सम्झौता नगरी दृढताका साथ उभिएका कारण देशी विदेशी शक्तिहरूले ओलीलाई हटाउन जेनजी आन्दोलनको नाममा देशमा यस्तो भयावह अवस्था सृजना गरेको बताउनुभयो ।
आन्दोलनमा जेनजीले उठाएका सुशासन र भष्टचार मुक्त समाज निर्माण गर्ने एजेन्डा सहि भएपनि आन्दोलनको नाममा अरुतत्वको घुसपैठ भएको एजेन्डा टोड्मोड स्पष्ट देखिएको बताउनुभयो । अध्यक्ष बिष्टले वर्तमान राजनीतिक चुनौतीका बाबजुद जनताको साथ एमालेसँग रहेको समेत दाबी गर्नुभयो । अहिले जुनसुकै कठिनाइ आए पनि एमाले फेरि अग्रणी शक्ति बनाउन सम्पुर्ण पार्टी पंक्ति जुटुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले शुभकामना मन्तव्य राख्दै लोकतान्त्रिक संविधानको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका थिए । मुलुकमा शान्ति, समृद्धि र लोकतान्त्रिक मूल्य मान्यताहरूको संरक्षण गर्दै समय सापेक्ष अनुसार संविधान परिमार्जन गर्नुपर्नेमा जोड दिएका थिए ।पार्टीले आत्मसमिक्षा गर्दै सबै खाले गलत प्रबृत्तिको डटेर सामना गर्दै पार्टी कार्यकर्ता अगाडि बढ्नुपर्नेमा सबैको जोड दिएको छ ।
कार्यक्रमका नेकपा एमाले प्युठानद्वारा पार्टी झण्डा उत्तोलन समेत गरिएको छ । प्रारम्भ पार्टी झण्डा फहराएर कार्यक्रमको सुरुवात गरिएको थियो । जसलाई राष्ट्रिय राजनीतिक चेतना र संविधानप्रतिको प्रतिबद्धताको प्रतीकका रूपमा लिइएको छ।
नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो ।
संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विभिन्न पार्टिहरुले देशभर विभिन्न कार्यक्रमको आयोजना गरि दिवस भनाएका छन् । भाद्र २३ र २४ गते भएको आन्दोलनमा ज्यान गुमाउने जेनजी पुस्ता प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । आगजनी गरि मानवीय तथा भौतिक धनजनको क्षति प्रति दुख व्यक्त गरेको छ । आगजनी तोडफोड दोषीलाई कानुनको दायरामा लिएर कार्वाही गर्नुपर्ने बताएको छ ।




S.K. Creative Media Group