प्यूठान । संविधान दिवस-२०८२ तथा राष्ट्रिय दिवस जिल्लामा विभिन्न कार्यक्रम गरि मनाईएको छ । शुक्रबार सदरमुकाम खलंगामा बजार परिक्रमा सहित प्रभतफेरी गरी जिल्ला समन्वय समितिको सभाहलमा औपचारिक कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्ने बक्ताले लामो त्याग र आन्दोलनबाट प्राप्त गरेको संविधान र गणतन्त्रलाई सस्थागत गर्नुपर्ने बताएका थिए ।बोल्ने वक्ताहरुले संविधानको मर्म र भावनानुरुप काम हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् ।
संविधान दिवसलाई औपचारिक रुपमा मनाउने मात्र नभएर संविधानको महत्त्व, संविधानका धारामा बहस र छलफल गर्ने गरि अन्तरक्रिया गरिनुपर्ने बताएका छन । पछिल्लो समय ब्याप्त भ्रस्टाचार र बेरोजगारी समस्याले गर्दा नागरिकमा निराशा देखिएको उनीहरुको भनाई छ ।
मुलुकमा विधिको शासन हुनुपर्छ, विधिको सासनबाट मुलुकमा सुशासन र शान्ति प्राप्त हुने बताए । बोल्ने वक्ताहरूले संविधान पुर्ण हुँदैन हरेक दश दश वर्षमा आवश्यकता अनुसार संसोधन गर्दै जानुपर्ने मा जोड दिएका छन । सुशासन कायम गर्दै भष्टचार अन्त्यमा एकजुट भएर लाग्नुपर्नेमा सबैको एकमत थियो ।
लोकतान्त्रिक संविधानको संरक्षण र सम्बर्द्धन गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका थिए । मुलुकमा शान्ति, समृद्धि र लोकतान्त्रिक मूल्य मान्यताहरूको संरक्षण गर्दै समय सापेक्ष अनुसार संविधान परिमार्जन गर्नुपर्नेमा जोड दिएका थिए ।
जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीको अध्यक्षतामा भएको भएको कार्यक्रममा मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का, जिल्ला न्यायाधीश हिरन्य प्रसाद भण्डारी, प्रमुख जिल्ला अधिकारी दिपक राज नेपाल, नेकपा एमालेका अध्यक्ष बिजय बिराज बिष्ट, राष्ट्रिय जनमोर्चाका अमरध्वज राना, एकीकृत समाजबादीका जिल्ला अध्यक्ष भोज बिक्रम बुढा पत्रकार महासंघ प्यूठानका सचीव वासुदेव गिरी, गैरसरकारी संस्था महासंघ प्युठानका अध्यक्ष बिजय श्रेष्ठले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
संविधान दिवस राष्ट्रिय दिवस कार्यक्रम विभिन्न कार्यालयको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा विविध कार्यक्रम गरि दिवस मनाउने निर्णय भएको समन्वय प्रमुख धरम बहादुर जिसीले बताउनुभयो। कार्यक्रममा जिल्लाका विभिन्न कार्यालयका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, संघसस्थाका प्रतिनिधि, सुरक्षानिकायका प्रतिनिधि, पत्रकार, शिक्षक विद्यार्थी लगाएतको सहभागिता रहेको थियो । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय मल्लरानी गाउँपालिकाको आयोजनामा कार्यक्रम गरिएको हो ।






S.K. Creative Media Group