प्यूठान । निमतारा पोलिकील्नीक बिजुवार प्यूठानले दन्त तथा आँखा उपचार सेवा बिस्तार गरेको छ । आइतबार प्यूठान नगरपालिका–४ स्थित बिजुवार मित्रमणि चोक नजिकैबाट नियमित विशेषज्ञ सहितको स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको पोलिक्लिनिककले आज स्थापनाको तेस्रो बर्षको अवसर पारेर दन्त तथा आँखा उपचार सेवा शुरुआत गरेको हो ।
आज दन्त सेवाको पोलिक्लिनिकका सञ्चालक डा.सुवास र डा.प्रकास जिसीका बुबा निमानसिंह जिसी र आमा तारा जिसीले एक कार्यक्रमको आयोजना गरि रिवन काटेर सेवा बिस्तार गर्नुभएको छ । जिल्लामा सेवाग्राहिको मागलाई मुख्य प्राथमिकता दिएर पोलिक्लिनिकले दन्त तथा आँखा उपचार सेवाको बिस्तार गरिएको पोलिक्लिनिकका संचालक डा.सुवास जिसीले जानकारी दिनुभयो ।
अब जिल्लामा रहेका दन्त तथा आँखाका बिरामीले उपचारमा दुख नपाउने गरि सेवा प्रारम्भ गरिएको डा। जिसीले जानकारी दिनुभयो । बिरामीले विशेषज्ञ सहितको दन्त तथा आँखाको उपचारका लागि जिल्ला बाहिर गएर महँगोमा उपचार गर्नुपर्ने बाध्यता समेत हटेको उहाँले बताउनुभयो ।
त्यस्तै आँखा उपचार केन्द्र बिजुवार प्यूठानले आँखा उपचार सेवा आजबाट प्रारम्भ गरिएको छ । आँखा उपचार केन्द्रका संचालक किरण पौडेललका बुबा कासिराम पौडेलले रिवन काटेर सेवा प्रारम्भ गर्नुभएको हो । जिल्लामा रहेका आँखाका बिरामीले नियमित रुपमा उपचार स्व्वा पाउने छन् । उपचार सहित चस्मा समेत उपलब्धता रहेको संचालक किरण पौडेलले जानकारी दिनुभयो ।
पोलिक्लिनिकले दैनिक बिरामी जाच तथा उपचार सेवा, जनरल फिजिसियन सेवा, भिडियो एक्सरे, प्रयोगशाला, फार्मेसी, इसीजी, महिला तथा प्रसुती रोग बिशेषज्ञ, हाडजोर्नी तथा नसारोग बिशेषज्ञ र बालरोग बिशेषज्ञ सेवा दिदै आएको छ ।
कार्यक्रममा संचालक, स्थानीय जनता, पत्रकार, समजसेवी, बुद्धिजीवी, बजारबासी, चिकित्सक, स्वास्थ्यकर्मी, व्यवसायी लगायतको उपस्तिथिती रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार बिजय सिंह भारतीले गर्नुभएको थियो ।





S.K. Creative Media Group