काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड आज दिनभर बन्द हुने भएको छ । मंगलबार दिउँसोबाट बन्द भएको मुग्लिन-नारायणगढ सडक खण्ड अन्तर्गत तुइनखोलाको पहिरो पन्छाउन आज दिनभर समय लाग्ने भएकोले बन्द हुने सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।

मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुलनजिकै हिजो दिउँसो ४ः५० बजेतिर सडक माथिबाट गएको ठूलो पहिरोका कारण सडक आवागमन पूर्णरूपमा बन्द हुन गएको सडक डिभिजन कार्यालय चितवनले जानकारी दिएको छ। पहिरो पन्छाउनको लागि आज दिनभरजसो समय लाग्ने जनाइएको छ ।

उक्त सडक प्रयोग गर्ने सम्पूर्ण सवारीधनी एवं यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न सडक डिभिजन कार्यालय चितवनले आग्रह गरेको छ । त्यसको लागि आवश्यक सूचना तथा जानकारी लिन जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं डीएसपी रविन्द्र खनाल ९९८५५०१३९९९०, जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा थिङ ९९८५५०९२२००० र सडक डिभिजन भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्य ९९८५५०९२२१८० लाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

असोज ३ गते शुक्रबार दिउँसोदेखि चितनवको इच्छाकामना गाउँपालिका-५ तुइनखोला क्षेत्रमा पहिरो खसिरहेको छ । चाडपर्वको मुखमा पहिरोले बाटो अवरुद्ध हुँदा यस सडक खण्ड भएर यात्रा गर्नेहरू समस्यामा परेका छन् ।

तुइन खोलाको पहिरो हटाउ आज बिहानैदेखि शुरु गरिएको छ । मुग्लिङ तर्फ २ उपकरण र नारायणगढ तर्फबाट २ गरि अहिले जम्मा ४ वटा मेशिनहरुको प्रयोग गरेर सडकमा पहिरो हटाउने काम भइरहेको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ ।

चाडपर्वको मुखमा पहिरोले सडक अवरुद्ध हुँदा यस सडकखण्ड प्रयोग गर्ने यात्रुले यो वर्ष समस्या झेल्नु परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय