प्युठान । प्युठानको झिमरुक गाउँपालिकालाई काठमाडौं महानगरपालिकाले एम्बुलेन्स हस्तान्तरण गरेको छ। बुधवार राष्ट्रिय सभागृह काठमाडौंमा भएको एक कार्यक्रमका बीच महानगरले झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीलाई एम्बुलेन्सको चावी हस्तान्तरण गरेको हो ।

 

प्युठानको झिमरुक गाउँपालिका सहित देशभरका ३५ दुर्गम पालिकालाई महानगरले एम्बुलेन्स हस्तान्तरण गरेको जनाएको छ। महानगरबाट प्राप्त भएको एम्बुलेन्स झिमरुक गाउँपालिका-५, स्थित ओखरकोट स्वास्थ्य चौकी मार्फत सञ्चालन गरिने अध्यक्ष एमसीले जानकारी दिनुभयो।

अध्यक्ष एमसीका अनुसार स्वास्थ्य संस्थामा एम्बुलेन्स नहुँदा बिरामीलाई समस्या भैरहेको थियो । महानगरबाट एउटा एम्बुलेन्स प्राप्त भएपछि स्थानीय नागरिकलाई आकस्मिक स्वास्थ्य सेवामा सहज हुने एमसीले विश्वास व्यक्त गर्नुभयो ।

अहिले पालिकाका हरेक वडामा कच्ची सडक पुगिसकेकोले एम्बुलेन्सबाट स्थानीय बिरामीलाई उपचार सेवाको लागी आउजाउ गराउन सहज हुने अपेक्षा गरिएको छ । झिमरुकलाई महानगरले एम्बुलेन्सको लागि छ्नोट गरेकोमा गाउँपालिका अध्यक्ष एमसीले महानगरलाई विशेष धन्यवाद व्यक्त गर्नुभएको थियो ।

एम्बुलेन्स नभएका दुर्गम पालिकालाई उपलब्ध गराउने महानगरको नीति अनुसार यो सुविधा झिमरुकले पनि पाएको हो । देशभरका ७ सय ५३ स्थानीय तह मध्ये यसपटक दुर्गमका ३५ स्थानीय तहलाई महानगरले नि:शुल्क एम्बुलेन्स हस्तान्तरण गरेकोमा छ ।

गएको वर्ष २०८० असोज २१ गतेको पालिकाको कार्यपालिकाको बैठकको निर्णय अनुसार पालिकाको अवस्थिति प्रतिबेदन सहितको प्रस्तावना अनुसार एम्बुलेन्स माग गरिएको पत्र सहित महानगरलाई बुझाइएको थियो। सोहि प्रतिबेदन र प्रस्तावनाको आधारमा झिमरुकलाई एम्बुलेन्स दिन उपर्युक्त गाउँपालिका छ्नोट गरिएको महानगरले जनाएको छ ।

एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई स्वास्थ्य सुविधा अभावमा पिछडिएका स्थानलाई प्राथमिकता दिइएको महानगरले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय