प्यूठान । ऐरावती गाउँपालिकाको द्वारेघाटमा चाडपर्वको अवसर पारेर स्थानीय उत्पादनको मेला गरिएको छ । मेलामा स्थानीय किसानहरुले कृषि उत्पादन र खसी-बोका विक्री गरेका छ्न ।
किसानहरुले काँक्रा, टिमुर, फर्सी, बोडि लगायका तरकारी उत्पादन बिक्री गरेका हुन । दशैं, तिहार जस्ता चाडपर्वको बेलामा गरिएको मेलाले क्रेता र बिक्रेता दुबैलाई सुबिधा पुगेको स्थानीयले बताएका छ्न ।
किसानका उत्पादनलाई बजारसँग जोड्न द्वारेघाटमा औद्योगिक क्षेत्र घोषणा गरेर कोसेली घरको रुपमा बिकास थालिएको ऐरावती गाउँपालिकाका अध्यक्ष नबिलबिक्रम शाहले बताउनुभयो । किसानले उत्पादन गरेका सामाग्री खेर जान नदिन पालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
५२ वटा समुहबाट प्रतिनिधित्व गरि सहकारी मार्फत कृषि उत्पादनको मूल्य निर्धारण, बजारीकरणका लागि काम शुरु भएकोले यसको दिगोपन दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
ऐरावती सामाजिक उद्यमी महिला सहकारी संस्थाले कोसेली घरको ब्यबस्थापन गर्दै आएको छ ।
कृषि उत्पादनलाई व्यावसायिक बनाउन सबै पक्षले जिम्मेवारीपुर्ण भुमिका निर्वाह गर्नुपर्ने भन्दै गाउँपालिकाका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले उत्पादनलाई ब्यबसायिक बनाउन किसानहरुलाई आग्रह गर्नुभयो ।
सहकारी मार्फत स्थानीय रैथाने बाली उत्पादनमा जोड दिंदै निर्वाहमुखी खसिबोका उत्पादन लाई व्यावसायिकता बनाउन पहल भैरहेको मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्रका कार्यकारी प्रमुख बिजयकुमार श्रेष्ठले बताउनुभयो । यस पालिकाबाट प्रत्यक दिन खसीबोका निर्यात हुने गरेकोले तोक्वा मुल्यमा बिक्री गर्दै किसानहरुले तौलेर बिक्री गर्न थालेको उहाँले अनुभव सुनाउनुभयो ।
सहकारी संस्थाले किसानहरूलाई सहुलियतमा १८ लाख बढी ऋण लगानी गरेको र सहकारी मार्फत हालसम्म ५१ लाख बराबरको खसिबोका बिक्री र तीन लाख बराबरको फलफुल तथा तरकारी बिक्री गरेको सहकारीका अध्यक्ष कमला घर्तीले बताउनुभयो ।



S.K. Creative Media Group