प्यूठान। स्वर्गद्धारी नगरपालिका–४ भिंगृमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । सिंचाई पोखरीमा डुबेर आठ वर्षीय विनोद परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
मजदुरी काम गरेर जिविकोपार्जन गर्दै आएका दाङ रामपुरका भिम बहादुर परियारको छोरा पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । बालक स्थानीय चन्द्रेश्वरी प्राथमिक विद्यालयमा कक्षा २ मा अध्ययन गर्दै आएका थिए ।
प्राथमिक स्वास्थ्य केन्द्र भिंगृ पुर्याउँदा बालकको ज्यान गइसकेको स्वास्थ्य केन्द्रले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक केशव केसीले बताउनुभयो । शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल विजुवार लगिएको प्रहरी निरीक्षक के.सी.ले जानकारी दिनुभयो ।



									
									
									
									
									
									
									
									
									
									
									
									
									
									
									
									
									
												
												
												
												
												
												
								
								
								
								
								
S.K. Creative Media Group