प्यूठान । प्रेस चौतारी प्यूठानले बडा दर्शै तथा शुभ दिपावलीको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । शनिबार जुम्री स्थित होटल व्यवसायी संघ प्यूठानको सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा बोल्ने बत्ताहरुले देशको पछिल्लो अवस्थाको बारेमा चर्चा गर्दै राष्ट्र र राष्ट्रियता जोगाउन सवैले भूमिका खेल्नुपर्ने बताएका थिए । वर्तमान अवस्थामा सवै पक्ष निर्धारित समयमै निर्वाचन गरेर नयाँ जननिर्वाचित प्रतिनिधिलाई सरकार हस्तान्तरण गर्नेतर्फ ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएका छन ।
बत्ताहरुले राजनीतिक दलहरुले गरेका कतिपय गल्ती कमजोरीका कारण मुलुकमा अहिलेको अवस्था सृजना भएको टिप्पणी गरेका थिए । उनीहरुले राजनीतिक दलहरुले गरेका कमी कमजोरीलाई सच्याउदै अगाडी बढ्नुपर्ने खाँचो औल्याएका थिए ।
कतिपय वक्ताले मुलुकमा अराजकता निम्त्याउन कतिपय तत्वले भित्री रुपमा खेल खेलेको आरोप समेत लगाए । उनीहरुले दल विहिन राज्य बनाउन विदेशी शक्ति समेत परिचालन भएको दावी गरेका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य तुल्सीराम शर्मा, नीमा गिरी, जिल्ला स्थित राजनीतिक दलका प्रमुख, विभिन्न स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुख, सरकार तथा गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार महासंघ सहित विभिन्न पत्रकार संघ संगठनका प्रमुख तथा प्रतिनिधिको उपस्थिती रहेको थियो ।
जिल्ला अध्यक्ष बासुदेव गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पूर्व अध्यक्ष विजय सिंह भारती र सञ्चालन उपाध्यक्ष राम बहादुर विश्वकर्माले गर्नुभएको थियो । सहभागीहरुले एक आपसमा शुभकामना साटासाट समेत गरेका थिए । अहिलेको विषम अवस्थामा चौतारीले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेकोमा अतिथीहरुले आभार प्रकट समेत गरेका थिए ।



S.K. Creative Media Group