
दाङ । रुकुम पश्चिमको बाफिकोटबाट दाङ घोराही यात्रु बोकेर आउदै गरेको फोर्स गाडी सल्यानको कपुरकोटमा दुर्घटना भएको छ। बिहान जिल्लाको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार रूकुमबाट दाङतर्फ आउदै गरेको लु२ख ६५०२ नम्बरको गाडी सडकबाट करिब ३०० मिटर तल खसेको थियो । दुर्घटनामा एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ। एक पुरुष र एक महिला गम्भीर घाइते भएका छन् । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दुर्घटनामा घाइते भएका यात्रुलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जनाइएको छ ।