प्युठान । रुकुम पश्चिमको बाफिकोटबाट दाङ घोराही यात्रु बोकेर आउदै गरेको फोर्स गाडी सल्यानको कपुरकोटमा दुर्घटनामा परि मृत्यु हुनेको पहिचान खुलेको छ । गाउँपालिका–३ चोरखोला नजिकै दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो भने दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा रुकुम पश्चिमको बाफिकोट गाउँपालिका ५ का ६७ बर्षिय पवि केसी, सोही ठाउँ बस्ने २५ बर्षिय प्रकाश केसी र २७ बर्षिय सशिधर केसी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । यस्तै घाइते हुनेमा बर्ष ४७ का खगेन्द्र केसी र बर्ष ३६ की बिना केसी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक रेशम खत्रीले जानकारी दिनुभयो ।

रुकुम पश्चिमको बाफिकोट गाउँपालिका बाट दाङ घोराही तर्फ जाँदै गरेको लु २ प ६५०२ नम्बरको फोर्स गाडी आइतबार बिहान जिल्लाको कपुरकोट गाउँपालिका-३ को चोरखोलामा दुर्घटना भएको थियो । प्रहरीका अनुसार घाइतेलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य पपचार पछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ । चालक फरार हो या मृतक मध्यकै हो भन्ने एकिन हुन नसकेको प्रहरी निरिक्षक खत्रीले बताउनु भयो । दुर्घटनाको कारण खुल्न सकेको छैन । सो बारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय