काठमाडौं । नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोलामा पहिरो खसेर पुनः सडक अवरुद्ध भएको छ। सोमबार मध्यान्ह १२ बजेदेखि तुइनखोलामा पहिरो खसेपछि नारायणगढ–मुग्लिङ खण्डमा दुईतर्फी आवागमन पूर्णरुपमा बन्द भएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो झर्ने क्रम जारी रहेकाले पहिरो रोकिएपछि मात्र डिभिजनबाट तैनाथ अवस्थामा रहेको उपकरणले तत्काल पहिरो हटाउन थालिने जानकारी दिएको छ।

पहिरो अवधिभर रोकिएका सवारीसाधनलाई लेन अनुशासन पालना गरी सावधान रहन अनुरोध समेत गरिएको छ। यसअघि गत मंगलबारदेखि सोही स्थानमा ठूलो पहिरोले सडक अवरुद्ध भएको थियो। गत बिहीबार पन्छाएपछि दुईतर्फी आवतजावत सुचारु भएको थियो ।

पहिरोको कारण दसैँ मनाउन घर हिँडेका यात्रुहरु अलपत्र परेका छन्। यो सडक खण्ड भएर दसैँ मनाउन घर हिँडेका यात्रुहरु अहिले तुइनखोलाको पहिरोका कारण अलपत्र परेका छन् । पश्चिमतर्फ हिँडेका सवारी साधनहरू अहिले मुग्लिन सडक खण्डमा लामबद्ध हुन थालेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय