प्यूठान । जिल्लाको प्रसिद्ध धार्मिकस्थल झाँक्रिस्थानमा भक्तजनको घुँइचो लागेको छ । प्यूठान सदरमुकाम स्थित मल्लरानी गाउँपालिका वडा नम्वर ४ मा अवस्थित झाँक्रिस्थानमा जिल्लाका विभिन्न ठाउँबाट पुँजा गर्न आउने भक्तजनको घुँइचो लागेको हो ।

बाह्रै महिना पुँजाआजा हुने यस मन्दिरमा दशैमा बढी भीड हुने गरेको स्थानीय नविन प्रकाश श्रेष्ठले बताउनुभयो । “फुलपातीदेखी बलि चढाउन आउने भक्तजनहरुको भीड लागेको छ,” उहाँले भन्नुभयो, “यो समयमा जिल्लाका धेरै ठाउँबाट पुजा गर्न भक्तजन आउँछन ।” छिमेकी जिल्लाहरुबाट समेत भक्तजन भाकल पुरा गर्न आउने गरेको उहाँले सुनाउनुभयो ।

यस मन्दिरमा चोखो पुँजा देखि बलि समेत चढाउने गरिन्छ । यहाँ भाकल गरेपछि मनोकांक्षा पुरा हुने जनविश्वास रहि आएको छ । भक्तजनले यस मन्दिरमा नयाँ अन्नवाली, गाईभैंसीको दुध चढाउने गर्दछन । साथै धजा, त्रिशुल, घण्ट, परेवा समेत चढाउने गरिन्छ । यस मन्दिरमा पञ्चवली समेत दिने चलन छ ।

फोटो क्याप्सन :
मल्लरानी गाउँपालिका–४ मा अवस्थित झाँक्रिस्थान मन्दिरमा भक्तजनको भीड । तस्विर : सुजल श्रेष्ठ

झाँक्रिस्थान मन्दिरमा अहिले रेलिङ, सिँढी निर्माण गरिएको छ । पछिल्लो समय मन्दिरसम्म मोटरबाटो समेत निर्माण भएकाले भक्तजनहरु सहजै मन्दिर पुग्न सक्छन । क्राँक्रिमहाराज बहिरा भएको हुनाले यहाँ चिच्याएर बर माग्ने गरिन्छ ।

वर्षेनी हजारौं आन्तरिक पर्यटक झाँक्रिस्थान पुग्ने गरेपनि स्थानीय सरकारले संकलित भेटीलाई व्यवस्थित गर्न नसकेको स्थानीय नविन प्रकाश श्रेष्ठले बताउनुभयो । पालिकाको आम्दानीको राम्रो स्रोत भएपनि अहिलेसम्म व्यवस्थित रुपमा भेटि संकलनको काम हुन नसकेको उहाँको भनाई छ । झाँक्रिस्थानको प्रचार प्रसारका लागि समेत स्थानीय सरकारले पहल गर्नुपर्ने उहाँको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय