प्यूठान । प्यूठानको गौमुखी गाउँपालिकामा एक जना युवक मृतक फेला परेका छन । गौमुखी गाउँपालिका वडा नम्वर ६ लिवाङका स्थानीय २६ वर्षीय प्रकाश सुनार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

लिवाङको कोटघरदेखि तल मोटरबाटोमा सुनार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक केशव केसीेले जानकारी दिनुभयो । मृतकको टाउकोमा चोट देखिएको घटनास्थलमा पुग्नुभएका प्रहरी निरीक्षक केसीले बताउनुभयो ।

घटना मंगलबार राती भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीलाई विहान करीव ६ बजे सूचना भएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको केसीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय