प्यूठान । मंगलबार गौमुखी गाउँपालिका वडा नम्वर ६ लिवाङका २६ वर्षीय प्रकाश सुनार मृत फेला परेको घटनामा जिल्ला प्रहरी कार्यालय प्यूठानले अनुसन्धान अगाडी बढाएको छ । हत्यामा संलग्न भएको आरोपमा दुई जना स्थानीय युवालाई समेत प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रहरीले स्थानीय सन्तोष सुनार र गोपाल सुनारलाई पक्राउ गरेको जनाएको छ । लिवाङको कोटघरदेखि तल मोटरबाटोमा सुनार मृत फेला परेपछि जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख नरहरी अधिकारी नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।



S.K. Creative Media Group