प्यूठान । देशभरका सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिएको छ । सरकारले चालू वर्षको लागि निर्धारण गरेको  समय अनुसार साँझ ५ बजेसम्म खुल्ने सरकारी कार्यालय आजदेखि अपराहन्न ४ बजेसम्म खुल्ने भएको हो ।

यहीँ कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय विहान १० बजेदेखि ४ बजेसम्म खुल्ने सरकारी जनाइएको छ ।

यहीँ कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म तीन महिनाका लागि यो समयावधि लागु हुन्छ । माघ १६ गतेदेखि कार्तिक १५ गतेसम्म भने साँझ ५ बजेसम्म कार्यालय खुल्ने समय हो । प्रत्येक शुक्रवार भने ३ बजे कार्यालय बन्द हुने जनाइएको छ ।

कार्यालय खुल्ने समय तोकिए पनि अत्यावश्यक सेवाहरु अतिरिक्त समयमा समेत संचालन हुन्छन् । सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर कार्यालय समय तोक्ने गर्छ । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोकेको छ । अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय