प्यूठान । प्यूठान जिल्लाका न्यायिक समितिहरुको अन्तरपालिका स्तरीय स्थानीय न्यायिक समितिको बैठक ऐरावती गाउँपालिकामा बसेको छ । घुम्ति बैठकको रुपमा सञ्चालन हुँदै आएको समितिको नवौ मासिक बैठक ऐरावती गाउँपालिकामा बसेको हो ।
बैठकले स्थानीय तहको संरचना दरबन्दी तेरिजमा कानुनी इकाईमा कानुन अधिकृतको दरबन्दी हुने गरि पालिकाहरुबाट पहल गर्ने निर्णय गरेको छ । साथै पालिकाहरुबाट भइरहेको न्याय निरुपणको कामलाई थप प्रभावकारी, व्यवस्थित र मर्यादित बनाउने निर्णय गरेको छ ।
अन्तरपालिकाको दशौं बैठक प्यूठान नगरपालिकामा मंसिर २६ गते बस्ने तय गरेको छ । ऐरावत िगाउँपालिकाका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी ऐरावती गाउँपालिका अध्यक्ष नविल विक्रम शाह रहनुभएको थियो ।



S.K. Creative Media Group