प्यूठान । नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रको बैठक सम्पन्न भएको छ । शनिबार उमेश स्मृति प्रतिष्ठान बिजुवार प्यूठानमा सम्पन्न बैठकमा जिल्लामा हुने पार्टीको अभियानका विषयमा सुझाव तथा जनपरिचालनलाई प्रभावकारी बनाउने बिषयमा छलफल भएको हो ।

नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रका संयोजक बिजय बिराज बिष्टले पार्टीले सञ्चालन गरेको जनपरिचालन अभियानलाई सशक्त बनाउँदै संगठन सुदृढीकरणतर्फ अघि बढ्न निर्देशन दिनुभएको छ ।

जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै बिष्टले पार्टीको जनपरिचालनलाई जनस्तरसम्म प्रभावकारी ढंगले पुर्‍याउन सबै जनसंगठनबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

“हामीले जनपरिचालनलाई संगठन सुदृढीकरणको मुख्य अभियानका रूपमा अघि बढाउनुपर्छ,” उहाँले भन्नुभयो, “जनसंगठनहरूबीचको समन्वय, एकता र सहकार्यबाट मात्र पार्टीलाई अझ सबल र जनमुखी बनाउन सकिन्छ।”

बिष्टले पार्टीको कार्तिक २९ गते गर्न लागेको सद्भाव र्यालीको तयारीका विषयमा समेत जानकारी दिँदै जनसंगठनहरूले यो कार्यक्रमलाई सफल बनाउन आफ्नो भूमिका थप सक्रिय बनाउने विश्वास व्यक्त गर्नुभयो ।

बैठकमा विभिन्न जनसंगठनका प्रमुख, संयन्त्रका सदस्यहरू र जिम्मेवार नेताहरूले पार्टी अभियानका विषयमा सुझाव र धारणा राखेका थिए ।

बैठकले जनपरिचालनलाई प्रभावकारी बनाउन र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्ने निष्कर्ष निकालेको छ । सद्भाव र्यालीमा पार्टी कार्यकर्ता सहित आम नागरिकलाई समेत आव्हान गर्ने गरि अगाडि बढ्ने पार्टीले जनाएको छ।

एमाले जनसंगठन संयन्त्रको संयोजक बिजय बिराज बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य श्रीधर रोका, जिल्ला पार्टी सचिब इन्द्रमणी पोख्रेल लगायत पार्टी पदाधिकारी, जनवर्गीय संगठनका पदाधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय