प्यूठान । प्रमुख धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारीको काखमा रहेको भिंगृमा महोत्सव संचालन हुने भएको छ । आउँदो पुस ९ गतेदेखि २० गतेसम्म महोत्सव संचालन गर्न लागिएको छ ।
नगरपालिका क्षेत्रका पर्यटकीय स्थलको प्रबर्धन, स्थानीय कला संस्कृतिको संरक्षण र स्थानीय उत्पादनहरुको प्रोत्साहन र प्रवद्र्धनका लागि महोत्सव संचालन गर्न लागिएको मुख्य आयोजक प्यूठान उद्योग बाणिज्य संघ स्वर्गद्वारी नगर क्षेत्रका अध्यक्ष विष्णु योगीले बताउनुभयो । महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी तथा विक्रि, नृत्य प्रतियोगिता, माडि क्षेत्रका स्थानीय झाँकी र्यालीको प्रदर्शन हुने उहाँले बताउनुभयो ।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती रहने, विभिन्न आकर्षक खेल सहितका बाल उद्यान, विभिन्न उत्पादनहरुको बजारीकरणका लागि १५० बढि स्टलहरु रहने प्यूठान उद्योग बाणिज्य संघका उपमहासचिव पशुपति श्रेष्ठले बताउनुभयो ।
स्वर्गद्वारी नगरपालिका लगायत निकायहरुसँगको सहकार्यमा महोत्सव स्वर्गद्धारी नगरपालिका-४ बाँझिपुरमा संचालन हुनेछ । प्यूठान उद्योग बाणिज्य संघका कार्यकारी निर्देशक प्रकाश खनालका अनुसार महोत्सवबाट हुने बचत आम्दानीले भिंगृ जलुकेमा रहेको निर्माणाधिन स्वर्गद्वारी बहुउद्देश्यी धर्मशाल निर्माण गरिनेछ ।



S.K. Creative Media Group