प्युठान । नेकपा एमाले प्युठानले आज जिल्लामा सद्भाव र्याली तथा बृहत् जनप्रदर्शनको आयोजना गरेको छ । शनिबार एमाले प्यूठानद्वारा आयोजित सदरमुकाम खलंगामा हुने जनप्रदर्शनलाई नेकपा एमाले पोलिटब्युरो सदस्य तथा प्यूठान इन्चार्ज सूर्य थापाले सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले प्यूठानले जनाएको छ ।

लोकतन्त्रको जगेर्ना, संविधानको रक्षा र संसद पुनःस्थापनाको दबाव सिर्जना गर्न जनदवाद स्वरुप प्रदर्शन आयोजना गरेको जिल्ला पार्टी अध्यक्ष बिजय बिराज बिष्टले जानकारी दिनुभयो । मुलुकमा प्राप्त उपलब्धिहरूको रक्षा र संविधानअनुसार संसद पुनःस्थापनाका लागि पनि प्रदर्शन महत्वपूर्ण रहेको एमाले अध्यक्ष बिष्टले बताउनुभयो ।

जेन-जी आन्दोलनपछि देशभर फैलिदै गएको अराजकता र विध्वंस विरुद्ध खबरदारी गर्न र अपराधिहरूलाई दण्डित गर्न माग गर्दै नेकपा एमालेले देशभर जनप्रदर्शन गर्दै आएको छ ।

आज हुने कार्यक्रमको सबै तयारी पूरा भएको र आआफ्नो पालिका कमिटीले कार्यक्रमहरु भव्य बनाउन नेकपा एमालेका नेता, कार्यकर्ता र शुभेच्छुकहरू सम्पुर्णलाई सहभागिताको लागि एमालेले आव्हान गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय