प्यूठान । जिल्ला प्रहरी कार्यालय प्यूठानले पछिल्लो तीन महिनाको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । बुधबार पत्रकार भेटघाटको आयोजना गरि प्रहरीले असोजदेखी मंसिर सम्मको प्रतिवेदन सार्वजनिक गरेको हो ।

तीन महिनामा जिल्ला प्रहरी कार्यालयमा ५० वटा मुद्धा दर्ता भएका छन । तीन महिनामा १० जना फरार प्रतिवादी पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले बताउनुभयो । जेन्जी आन्दोलनमा कारागारबाट भागेका प्यूठानका १८ जना मध्ये ७ जनालाई प्रहरीले पक्राउ गरेको उहाँले बताउनुभयो । “१८ जना देशका विभिन्न कारागारबाट भागेका प्यूठान ठेगाना भएका व्यक्तिहरु हुन,” उहाँले भन्नुभयो, “७ जना पक्राउ परेका छन, अरुको खोजी भइरहेको छ ।”

निर्वाचन सुरक्षा योजना तयार
प्रहरीले आगामी निर्वाचनलाई लक्षित गरेर सुरक्षा योजना तयार भएको जनाएको छ । सुरक्षा योजना बनाएर माथिल्लो निकायमा पठाइएको प्रहरी प्रमुख अधिकारीले बताउनुभयो । जिल्लाका विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण समेत गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
प्रहरीको उपस्थितीलाई गाउँगाउँमा पुर्‍याउन नागरिक सुनुवाई, विभिन्न गस्तीलाई बढाउँदै लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय