प्यूठान । ऐरावती गाउँपालिकामा पुनउत्पादनशील कृषि परियोजना अन्तर्गत नमुना प्लट बनाउन थालिएको छ । हेफर इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, मल्लरानी ग्रामीण विकास सरोकार केन्दको सहजिकरणमा ऐरावती गाउॅंपालिकामा सन्चालित स्वस्थ माटोको लागि पुनउत्पादनशील कृषि परियोजना अन्तर्गत नमुना प्लट बनाउन लागिएको हो ।
पालिका भित्रका १० जना अगुवा कृषकले १० वटा नमुना प्लट बनाउन लागेका छन । जसका लागि परियोजनाले ट्राइकोडर्मा, थोपा सिंचाइ सेट, इ.एम. झोल, कोकोपिट, प्लास्टिक ड्रम न्यापस्याक स्प्रेयर (चार्जेबल), बाल्टिन, फेरोमोन पासो, सिड ट्रे र प्लाष्टिक टनेल प्रदान गरेको छ ।
बुधबार एक कार्यक्रमको आयोजना गरी १० जना अगुवा किसानलाई ‘माटोको स्वस्थ कार्ड’ र सामागी वितरण गरिएको थियो । परियोजनाले रासायनिक मल र विषादीको प्रयोग नगरी जैविक मल र जैविक विषादीको प्रयोग गरि उत्पादन र उत्पादकत्व बढाउने उदेश्यले नमुना परियोजना संचालन गरिएको छ । माटोको स्वास्थ्य बिग्रदै गएकोले माटोको स्वास्थ्यलाई सुधार गर्न परियोजनाले सहयोग पुग्ने अपेक्षा लिएको छ ।
सामग्री वितरण कार्यक्रममा ऐरावती गाउँपालिकाका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत शरद गौतम, मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्रका कार्यकारी प्रमुख बिजय कुमार श्रेष्ठ लगायतको उपस्थिति थियो ।





S.K. Creative Media Group